आज्ञा खबर
महोत्तरी
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक बर्ष मनाईने विश्व वातावरण दिवस आज मनाईदै छ।
यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि जुन ५ तारिख अर्थात आजकै दिनदेखी मनाउन थालिएको हो ।
वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गनी मनाउने भएका छन् । दिवसको अवसरमा देशका विभिन्न ठाउँमा बृक्षारोपणदेखि वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।