धनुषा प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

धनुषा प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ ।

विभिन्न स्थानबाट लुकाईछिपाई भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । ११ लाख ७० हजार ६ सय ६० रुपैयाँ बराबरको समान बरामद भएको धनुषा प्रहरीले जनाएको छ । चोरी पैठारीको किरानाका सामान र मोटरसाइकलहरु बरामद गरेको छ । लत्ताकपडा पनि केही मात्रामा बरामद गरिएको छ । प्रहरीले बरामद गरेको सामान जनकपुर भन्सार कार्यालयमा पठाएको छ । सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले पछिल्लो समय सीमाबाट हुने तस्करीमा कडाइ गरेको देखिन्छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...