प्रेस युनियनको ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

[sharethis-inline-buttons]

महोत्तरी- नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको बर्दिवास अस्पतालमा उपचार गराइरहेका विरामीहरुलाई फलफल वितरण गरिएको छ । बर्दिवास नगरपालिकाको नगर प्रमुखको प्रमुख आतिथ्यतामा शनिबार २५ जना उपचार गराइरहेका विरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष कुमार सिंहले बताउनुभयो।

हरेक वर्ष झै यस वर्ष पनि नेपाल प्रेस युनियनको स्थापना दिवस महोत्तरीमा धुमधामका साथ मनाइएको सिंहले जानकारी दिनुभयो। फलफुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युनियनका पुर्व अध्यक्ष रबिन्द्र उप्रेतीले नेपाल प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संगठन रहेको बताउनुभयो।नेपाल प्रेस युनियन देशको संवाहकको भूमिका खेल्दै आएको छ, उहाँले भन्नुभयो,‘देशको हरेक गतिविधि एकदम नजिकबाट नियाल्ने र देशको हरेक परिवर्तनमा युनियनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो संगठन विशुद्ध पत्रकारहरुको संगठन हो ।

स्थापनाकाल देखि नै आफूले खेल्नु पर्ने भूमिका इमान्दारीपूर्वक खेलेकै कारण नेपालको पत्रकारिता जगतमा युनियनले छुट्टै पहिचान बनाउन सफल भएको छ ।’ युनियनमा रहेका हरेक पत्रकारले निष्पक्ष र निडर भएर पत्रकारित गर्दै आएका छन्, देशको सार्वभौम र अखण्डतालाई सर्वोपरि ठानेर पत्रकार र पत्रकारितालाई जोगाई राख्न युनियनले खेलेको भूमिकाको सर्वत्र सम्मान हुँदै आएकोछ ।

देशको शिर ठाडो पार्न र सरकारको हरेक गल्तीमा सचेत गराउँदै युनियन अगाडी बढेको उहाँले जानकारी दिनुभयो । नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पुर्व जिल्ला अध्यक्ष रबिन्द्र उप्रेती, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य आशा तुलांगे , नेपाल प्रेस युनियन महोत्तरीका सचिव नबिन चौधरी , नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका बरिष्ठ पत्रकार गोपाल बराल , नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्व आध्यक्ष कमलेश मण्डल, प्रेस सेन्टरका महोत्तरी शाखाका उप आध्यक्ष बिशाल बस्नेत लगायतको सहभागिता रहेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...