माओबादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १९औं वार्षिक साधारणसभा शुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेकपा माओबादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १९औं वार्षिक साधारणसभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस शनिवारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा शुरू भएको छ ।

वार्षिक साधारणसभा तथा स्मृति दिवस आइतवारसम्म चल्नेछ ।

साधारणसभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

साधारणसभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, ७ वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, लगायतको सहभागिता रहेकोछ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...