पूर्वराजा शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन हुने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
पूर्वराजा ज्ञानेन्द्र शाहको शनिबार सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । यसअघि लुम्बिनी, सुदूरपश्चिम, कोशी प्रदेशका विभिन्न स्थानमा पूर्वराजाको नागरिक अभिनन्दन भएको थियो ।

सुर्खेत पुग्नु अघि वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुने कार्यक्रम रहेको राप्रपा सुर्खेतले जनाएको छ ।
अभिनन्दन कार्यक्रम पश्चात् पूर्वराजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजाले दलहरुको कारण राष्ट्रियता खतरामा परेको आरोप लगाउँदै आएका छन्। पुर्व राजा केही समय यता देश दौडाहा अभियानमा रहेका छन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...