आज्ञा खबर
बारा
बारामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा कलैया उपमहानगरपालिका २३ बस्ने ६४ वर्षीया देउकी साह रहेको प्रहरीले जनाएको छ ।
बुधबार वडा नं. ६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ नम्बरको मोटरसाइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
उनलाई थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए।
यस्तै, दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने १८ वर्षीय अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको बताईएको छ ।