आज्ञा खबर
सर्लाही
आम जनता पार्टी सर्लाहीको जिल्ला इन्चार्जमा दीपक कुमार रानाभाट चयन भएका छन् ।
उनले नेपाली कांग्रेस परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रबेश गरेका हुँन।
रानाभाटलाई सुरुमा आम जनता पार्टीमा केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको थियो । उनलाई अहिले फेरि जिल्ला इन्चार्जको जिम्मेवारी समेत तोकिएको हो ।
बैशाख २७ गते बयलवासमा भएको प्रथम जिल्ला भेलाबाट रानाभाटलाई इन्चार्ज र तुलसी प्रसाद हुमागाईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।
सो पार्टीको १ सय १ सदस्यीय सर्लाही जिल्ला कमिटी रहेको छ।
