चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर रौतहटमा मंगलबार बिहान एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुँनेमा जिल्लाको मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीरहेकी छिन

आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिए ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ।