आज्ञा खबर
सर्लाही
खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन। शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकका रुपमा रहेको भन्दै यस्लाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए।
नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहेका उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको जनाए। वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने समेत उनको बिश्वास रहेको छ ।” रासस