आज्ञा खबर
सर्लाही
सर्लाहीमा शुक्रबार दिउँसो पोखरीमा नुहाउन पसेका एक बालकको डुबेर मृत्यु भएको छ ।
म्ृात्यु हुँनेमा चन्द्रनगर गापा–२ बबरगंज मुसहरी टोल निवासी गणेश महतोको छोरा ६ वर्षिय अनुष महतो रहेका छन।
चर्काे गर्मी भएकाले घर छेउमै रहेको पोखरीमा अनुष सहित उनकी बहिनी लगायत गाउँका ९÷१० जना बालबालिका दिउँसो पौडी खेल्न पोखरीमा पसेको स्थानीयले जनाएका छन् ।
करिब ३ बजेतिर अनुष डुबेको र गाउँलेहरुले बाहिर निकाल्दा मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक केसीले बताए ।