मधेसमा कांग्रेस र जसपाले आधा–आधा मुख्यमन्त्री पाउने

आज्ञा खबर
काठमकांडौ

सत्ता समीकरणको फेरबदलले संकटमा पुगेको मधेश प्रदेशको जसपा नेतृत्वको सरकारले तत्काललाई राहत पाएको छ।
बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरूको छलफलमा कांग्रेस र जसपाले आलो पालो गरेर मधेश प्रदेशको नेतृत्व लिन सहमति भएको छ।
अहिले मधेश प्रेदशको नेतृत्व जसपाका सरोज यादवले गरेका छन्। आलो पालो गर्ने सहमति भएअनुसार आधा कार्यकालपछि कांग्रेसले नेतृत्व लिने बालुवाटारमा छलफल भएको एक नेताले भने।
यस अघि मधेश प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको दावेदारी गरेका थिए।

यस्तै, बालुवाटारमा बनेको सहमतिअनुसार अब मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी समेत सहभागी हुने बताईएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...