आज्ञा खबर
बर्दिवास
घाँस काटन जान्छु भनि सोमवार दिउँसो घरबाट वाहिर निस्किएर एकाएक सम्पर्क बिहिन भएका महोत्तरी गौशालाका ६ जना बाल,बालिका पारिवारिक सम्पर्कमा आएका छन् ।
वालवालिकाहरु घरबाट कामको शिलशिलामा वाहिर आएको भनी आफ्नो घरमा टेलिफोन गरि जानकारी गराएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
वेपता भएकी मध्ये रिता सदाले आफु तेह्रथुममा नवनिर्मित स्वास्थ्य संस्थामा काम गर्नका लागि आएको भनि जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ ।
पिडितको घरमा नगरप्रमुख डा दिपेन्द्र महतोले घटनाको सम्बन्धमा बुझन जाँदा सो कुरा खुलेको हो।
पिडितका परिवारले नगरप्रमुख महतोलाई सो कुराको जानकारी दिएका थिए ।
गत सोमबार गौशाला नगरपालिका वडा नं. ४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षीया रीता सदा सम्पर्कबिहिन रहेको परिवारजनले जनाएको छ ।
उनीहरु सोमवार दिउँसोको समयमा घाँस काटन जान्छु भनि घरबाट वाहिर निस्किएको र राति अवेलासम्म फर्केर नआएपछि घरपरिवारले खोजतलाशकालागी मंगलवार प्रहरीमा उजुरी दिएका थिए।
वेपता भएको खवर पाएपछि प्रहरीले तत्कालै खोजतलाश शुरु गरेको थियो ।