आज्ञा खबर
बर्दिवास
बर्दिबासबाट तीनजनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलन, सोहि ठाउँ बस्ने ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्यांगतान रहेका छन्।
बर्दिवास नगरपालिका ११ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डबाट ३ कि.मि.उत्तर तर्फ पर्ने बनपथ राष्ट्रिय वन क्षेत्र भित्रबाट भरुवा बन्दुक सहित उनिहरुलाई पक्राउ गरिएको हो। भरुवा बन्दुक साथमा बोकि जंगली जनावरको शिकार गरिरहेको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट डीएसपी बिजय यादवको कमाण्डमा खटिई गएको प्रहरी टोलीले उनिहरुको काँधमा भरुवा बन्दुक भिडि जंगली जनावर झोर्दै हिडिरहेको अवस्थाम पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
प्रहरीले उनिहरुको साथबाट भरुवा बन्दुक २ थान बरामद गरी थप अनुसन्धान गरीरहेको बताएको छ।