आज्ञा खबर
महोत्तरी
सागरनाथ वन विकास परियोजनाका कर्मचारीले सोमबारबाट कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
परियोजनामा कार्यरत १७० जना कर्मचारीले बिगत नौ महिनादेखि तलब नपाएको भन्दै कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुँन।
क्र्मचारीले लामो सयमदेखि तलब नपाउँदा घर व्यवहार धान्नै मुस्किल परेको भन्दै कर्मचारीले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित परियोजनाको मुख्य कार्यालयमा सोमबार बिहानबाट तालाबन्दी गरी कामकाज ठप्प पारेका छन । गएको भदौदेखि कबर्मचारीले तलब पाएका छैनन् ।
वि.सं. २०३५ सालमा स्थापना भएको यो परियोजनाको सर्लाही, महोत्तरी र रौतहटमा गरी १३ हजार ५१२ हेक्टर वन क्षेत्र पर्छ । वनकर्मीको अध्ययन गर्ने थलो, देशकै सबैभन्दा ठूलो वृक्षरोपण भएकायो परीयोजनाले सरकारलाई धेरै राजस्व सङ्कलन गरेर बुझाउने गरेको ।
तर यो परियोजना केही वर्ष यता आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । भदौदेखि तलब नपाउँदा परियोजनामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारी गरी १७० जनाको घर व्यवहार प्रभावित बनेको परियोजनाका कर्मचारी छत्र लामाले गुनासो गरेका छन् ।
परियोजना सङ्घीय सरकार वा प्रदेश सरकार को मातहत रहने ? भन्ने विवाद समाधान हुन सकेको छैन् । कर्मचारीले तलब माग गर्दै आन्दोलन सुरु गरेपछि जङ्गलको सुरक्षा गर्न र अतिक्रमण नियन्त्रण गर्न चूनौति थपिएको परियोजनाका एक कर्मचारीले बताए ।
परियोजनाले यो वर्ष काठ बिक्रीका लागि पटक–पटक सूचना निकाले पनि ठेक्का सकार भएको छैन् । काठ बिक्री नभएको र वन तथा वातावरण मन्त्रालयले समेत परियोजनाप्रति खासै चासो नदेखाउँदा यो अवस्था आएको परियोजना प्रमुख रामकिशोर यादवले बताए ।
