आज्ञा खबर
महोत्तरी
महोत्तरीको सोनमा पोखरीमा डुबेर गाउँपालिकामा एक बालकको ज्यान गएको छ।
ज्यान जानेमा सोनमा गाउँपालिका ७ सुन्दरपुर जानकीनगर टोलका उपेन्द्र सदाको छोरा अन्दाजी वर्ष ५ को आसिक सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उनको आफ्नै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बालकको शव पोष्टमार्टमको लागि जलेश्वर जिल्ला अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
