मधेश सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।
सोमबार साँझ एमाले संसदीय दलका नेता सरोज यादव र प्रमुख सचेतक लखनदास सहित प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष पुगेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन ।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा ल चार एमालेका मन्त्रीले गत चैत २२ गते मधेश सरकारबाट बाहिरिएका थिए ।सरकाबाट बहिरीएपनी एमालेले सरकाको समर्थन कायमै राखेको थियो ।

केन्द्रमा समिकरण फेरिएपछि मधेश प्रदेश सरकारबाट पनि एमाले बाहिरीएको थियो । एमाले मधेश प्रदेशसभाको २३ सिटसहित ठूलो शक्ति हो ।
गत पुस १७ गते एमाले लगायतको समर्थनमा मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका थिए ।

पुस २९ गते मुख्यमन्त्री यादवसंगै एमाले संसदीय दलका नेता सरोज यादवले पनि विना बिभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका थिए ।