सप्तरीमा २१ वर्षीय एक युवकको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा आइतबार बिहान एक युवकको हत्या भएको छ । जिल्लमको रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

तफेजुललाई राति नै हत्या गरी खेतमा फालेको हुँन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको बिषयमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनले बताए । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...