आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरमा रहेको माइरानी मिक्चनी माध्यमिक विद्यालयमा शुक्रवार भएको अभिभाबक भेलाले विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य चयन गरेको छ ।
भेलाले व्यवस्थापन समितिको सदस्यमा रामभुलक महतो, रामबाबु यादव, राधिका विश्वकर्मा र अनिता महतोलाई सर्वसम्मत छनौट गरेको हो ।
छनौट भएका मध्येबाट एक जनालाई अध्यक्षमा चयन गरिने र शिक्षाप्रेमी, अभिभावक, वडाका प्रतिनिधि, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि सदस्य रहने विद्यालयका प्रधानाध्यापक बासुदेव साहले जानकारी दिए ।
हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापाको अध्यक्षता तथा हरिवनकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा अभिभाबक भेला सम्पन्न भएको थियो।
