आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपुरमा बिहीबार सम्पन्न ७ औँ नेपाल प्रेस युनियनको जिल्ला अधिवेशनले सभापतिमा पुनः कृष्णप्रसाद थपलियालाई चयन गरेको छ ।
अधिवेशनले थपलियाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
प्रेस युनियनका केन्द्रीय प्रतिनिधि संजय कार्कीको उपस्थितिमा हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको सभा हलमा नयाँ नेतृत्व चयन गर्दै युनियनको जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
