आज्ञा खबर
ढल्केवर
मधेश प्रदेशका चर्चित उद्योगपति तथा दानवीर दिनेश कुमार महतो विकास रत्न पदकबाट सम्मानितभएका छन् । गृहसचिव दिनेश भट्टराईले उद्योगपति महतोलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा विभूषण अधिकारपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन मधेश प्रदेशका चर्चित उद्योगपति तथा दानवीर दिनेश कुमार महतो विकास रत्न पदकबाट विभूषित गर्ने घोषणा गरेकी थिइन् ।
‘नेपाल राष्ट्रको गौरव एंव नेपाली जनताको हित अभिवृद्धिमा तपाईबाट भएको उल्लेखनीय योगदानको सम्मानस्वरुप विकास रत्न पदकबाट विभूषण गरिएको छ’, विभूषण अधिकारपत्रमा उल्लेख गरिएको छ, ‘पदकको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईलाई थप सफलता प्राप्त हुनेछ ।’

महोत्तरीको भंगहा नगरपालिका—४ स्थायी घर भएका उद्योगी तथा दानवीर महतो समाजको विकासका लागि सक्रिय रहँदै आएका छन् ।
नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो ।
