आज्ञा खबर
बर्दिवास
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गरेका छन। महोत्तरीको बर्दिबास नगरपालिका कार्यालयमा बिहीबार आयोजित जनप्रतिनिधि, नगर कर्मचारी तथा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री रिजालले अहिलेको आशंकाको बिषय सरकार र गठबन्धन दलबीचको सम्बन्धमा समस्या होकि भन्ने प्रशन रहेकोमा त्यस्तो समस्या नआउने बताए।
उनले यो प्रकरण्मा संलग्न जोसुकैमाथि पनी कारबाही गर्न सरकार दृढ रहेकोे स्पष्ट पारे।
गल्ती गर्ने जुनसुकै पद, प्रतिष्ठा, पार्टी, प्रभाव र पारिवारिक घरानाका भए पनि हिरासतमा लिई कारबाही गर्न सरकार दृढ रहेको भन्दै भागेर लुकेर बसेकालाई जसरी पनी पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहेको प्रस्ट पारे ।
मन्त्री रिजालले कुनै पनि दोषीलाई उम्कन नदिई कानुनको दनयरामा ल्याउन सरकार दृढ रहेका भन्दै सरकार गठबन्धन दलबीच कटुता बढाउँछ भन्ने हल्ला र भ्रममाथि विश्वास नगर्न आग्रह गरे ।
सङ्घीय सरकारको योजना अन्तर्गत चालु आव २०७९–८० मा व्यापारिक प्रयोजनका लागि स्थापना हुने एक करोड अनुदान बर्दिबास नगरपालिकालाइ उपलब्ध गराउने समेत मन्त्री रिजालले जानकारी दिए।





































