मारुती सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मेशिन मर्मगर्ने क्रममा मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहा स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेशिन मर्मगर्ने क्रममा मृत्यु भएको छ। कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको समयमा बेल्डले लागेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।
ज्यान जानेमा भारतको मध्येप्रदेश सतना जिल्लाका अन्दाजी २५ वर्षिय मजदुर अनुराग तिवारी रहेका छन।
मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर चुडिएरु गम्भिर घाइते तिवारीको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धन भईरहेको जनाएको छ।

घाइते तिवारीलाई उद्धारमा ढिलाई गरेको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले आरोप लगाएको छ। युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन्।

उद्योगका कार्यरत मजदुरहरुको उचित सुरक्षा व्यवस्था नहुँदा सानो दुर्घटनामा पनि मृत्युहुने गरेको उनीहरुको भनाई रहेको छ।