आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशसभाको बैठक आगामी जेठ २ गते बस्ने भएको छ ।
बैठकमा चारवटा विधेयक पेश गर्ने मधेश सरकारको तयारी छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
यस्तै,बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेश हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । त्यस्तै,बैठकमा समसमायिक विषय पनि समावेश गरिने तयारी रहेको छ त्यसैगरी प्रदेशमा बजेट अधिवेशन पनि सुरु हुँदैछ ।
बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए।
