मेयर क्षेत्रीले गरे विद्यालयका चार कोठे भवनको शिलान्यास

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालय बिजलपुरामा चार कोठे पक्कि भवनको शनिवार शिलान्यास गरीएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाखको लागतमा निर्माण हुने सो भबनको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले शिलान्यास गरेका हुन् ।

निर्माण हुने दुईतल्ले भवनमा ४÷४ कक्षा कोठा निर्माणगर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा वडाअध्क्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगयत स्थानीयको उपस्थिती रहेको थियो ।