सर्लाहीको लालबन्दीमा महिलाको शव फेला

[sharethis-inline-buttons]

सर्लाही: सर्लाहीमा एक महिलाको शव फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९ वस्तीपुरचोक नजिक आइतबार बिहान साढे ४ बजे एक अपरिचित महिलाको शव फेला परेको हो ।

कुनै गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । महिला मागिखाने जस्तो देखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...