आज्ञा खबर
महोत्तरी
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जलसागरमा सामुदायिक भवन निर्माण गर्न शनिवार शिलान्यास गरिएको छ ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले उक्त सामुदायिक भवनको शिलान्यास गरेका हुन् । मधेस प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको करिव २० लाखको लागतमा दुई कोठे सामुदायिक भवन निर्माण हुने नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।
कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मंजु देवी साह, योजना अधिकृत राजेश कुमार शर्मा एवं स्थानीयहरुको सहभागीता रहेको थियो ।
