मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आज बस्दै

[sharethis-inline-buttons]

धनुषा:मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आज आइतबार बस्ने भएको छ ।

बैठकमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त र बजेट अधिवेशन शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

सचिव यादवको अनुसार प्रदेश सभाको हिउँदे अधिवेशन अन्त गरिएको छैन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त भएको छैन् । बैठकबाट सदनमा पेश गर्न बाँकी रहेको विधेयकहरुसमेत पेश गर्ने तयारी गरेको छ।

उहाँले आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खास गरी तीनवटा एजेण्डाहरुमा छलफल हुने बताए
छलफलमा हिउँदे अधिवेशनको अन्त, बजेट अधिवेशनको प्रारम्भ र विधेयक पेश गर्ने प्रस्तावहरुमाथि छलफल हुने जनाइएको छ ।