संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।