आज्ञा खबर
महोत्तरी
नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्व अध्यक्ष दशरथ भण्डारीलाई ‘मधेश पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको मधेश प्रदेश कार्य समितिले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको प्रदेश संचार सम्मेलनमा ८ जिल्लाका अग्रज पत्रकारलाई सम्मान गर्दा महोत्तरीबाट भण्डारी सम्मानित भएका हुन् ।
सो कार्यक्रममा अध्यक्षता ग्रहण गरेका पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण र प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले माला र खादा लगाई सम्मान पत्रबाट सम्मान गरेका हुन् ।
भण्डारी महोत्तरीका सबैभन्दा पुराना तथा पहिलो पुस्ताका पत्रकारको रुपमा चिनिन्छन् । चन्द्रनिगाहपुरको उक्त कार्यक्रममा महोत्तरी पत्रकार महासंघका कार्यबहाक अध्यक्ष सुनिता बराल लगायत एक दर्जन महोत्तरीका पत्रकार सहभागी भएका थिए ।
