महोत्तरीमा मौसम आज धुम्म,भएकोले हिजोअस्ती भन्दा शित्तल महसुस

आज्ञा खबर
महोत्तरी
महोत्तरीमा आज मौसम (सोमबार) धुम्मिएको छ ।

पानी पर्ला जस्तो भई जिल्लाभरकै मौसम धुम्म भएको हो । जिल्लाको उत्तरी भेग लगायतका स्थानमा हिजो दिउँसोपख हावा हुरी सहित एक झर ठूलै पानी परेको थियो ।

मौसममा आएको बदलीसँगै आज जिल्लाभर नै गर्मी कम भएको छ । हिजो पानी परेको उत्तरी भेगका स्थानीयले चिसो नै महसुस गरिरहेका छन् । पानी परेपछि यस क्षेत्रमा धुलो–धुँवा कम भएको छ भने वन क्षेत्रमा लागेको डढेलो पनि निभेको स्थानीयले बताएका छन् ।

अब वन क्षेत्रमा पालुवा पलाउने आशा गरीएको छ । आकाशे वर्षाकै भरमा खेती गर्ने उत्तरी भेगका किसानले अब मकै छर्ने तयारी गरेको बर्दिवास नगरपालिका वडा नम्बर १३ का किसान वकिल ठाकुरले बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...