आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ स्थित रहेको खानेपानी वितरण कार्य शनिबारबाट पूनहः सञ्चालनमा आएको छ ।
वडा नम्बर १३ बिजलपुरामा करिब दश महिनादेखि बन्द रहेको खानेपानी सो वडाका वडा अध्यक्ष लक्ष्मण सिंहले आफ्नो निजि लगानीमा बक्यौता विद्युत महसुल १ लाख रुपैया तिरेपछी सञ्चालनमा आएको हो । सो योजनाले ६० घरधुरीमा खानेपानी वितरण भइरहेको स्थानीय प्रदिप महतोले बताए।
यसैगरी खानेपानी सञ्चालनकालागी वड नम्बर ९ का अध्क्षय घुरन महतोले एक दशक अघि खानेपानीको योजना निर्माण स्थलका लागि १ कठ्ठा जग्गा दान गरेका थिए । तर, अहिले आएर उनले जग्गा नदिएपछी खानेपानी वितरणमा पटक पटक समस्या हुँदै आएको छ । खानेपानीे लाई दिने भनिएको जग्गामा वडा् अध्क्षय जग्गाधनी घुरनले घर बनाएपछी गत वर्ष असारदेखि खानेपानी वितरण बन्द भएको थियो ।
खानेपानी आयोजना समिति विहिन भएपछि वडा अध्यक्ष सिंहले आफ्नो जिम्मेवारीमा बिजलपुरा खानेपानी योजना ल्याएर खानेपानी आयोजना सञ्चालनमा ल्याएका छन् ।
बैशाख जस्तो प्रचणड सुख्खायाममा खानेपानीको चरम आभाव भएपछि स्थानियको चर्को आलोचना भएको थियो । वडा अध्यक्ष लक्ष्मण सिंहले पहल गरेर गाउँलेको घरघरमा खानेपानी पुयार्ईएको स्थानियले बताएका छन।
