आज्ञा खबर
सर्लाही
र्लाहीको ईश्वरपुर नगरपालिमा शुक्रबार एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा प्रदान गरिएको छ ।
नापी कार्यालय मलंगवाले वर्षौदेखि भोगचलन गर्दै आइरहेको गाउँब्लक जग्गा वडा नं.३ र ११ को स्थानियलाई प्रदान गरेपछि उनिहरु खुसी भएका छन् । झण्डै डेढ सय जनाको लालपूर्जा बनेकोमा शुक्रबार १०० जनालाई बाँडिएको र शुक्रबारको कार्यक्रममा आउन नभ्याएकालाई कार्यालयमै बोलाइ लालपुर्जा दिईने नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरले जानकारी दिए ।
लालपुर्जा बितरण कार्यक्रममा नापी कार्यालयका प्रमुख सन्जय मानन्धर, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो
