आज्ञा खबर
महोत्तरी
मधेश आन्दोलन २ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न भनेपछी ‘फरार’ रहेका महोत्तरी क्षेत्र नम्बर १ का संघिय संसद लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन ।
प्रतिनिधिसभा बैठकले सो सिफारिस अनुसार उनको नाम अनुमोदन गर्नेछ ।
बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन्।
कोइरी सहित अब सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।





































