मधेशका १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ ।
मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागिएको हो।

मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको प्रदेशका कृषि मन्त्री बसन्त कुशवाहले जानकारी दिए ।

उनका अनुसार प्राविधिक टोलीले १३६ पालिकामा घुम्ती टेस्ट ल्याबमार्फत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने छ । माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकाले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...