धनुषा:धनुषा प्रहरीले साढे ७ लाखभन्दा बढी नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।
७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।
जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुको झोला हेर्दा नक्कली नोट बरामद गरिएको हो ।
