आज्ञा खबर
बारा
बारा २ बाट जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी भएका हुँन
उनले ५ हजार ८१ मत अन्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । यदब पाँचदलीय गठबन्धनका साझा उम्मेदवार समेत हुँन
उनका निकटतम प्रतिद्वन्दी जनमतका कुशवाहाले २३ हजार ३३४ मत ल्याए ।
यस्तो तेस्रोमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएका छन् । चौथो नम्बरमा रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञावाली २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।