बारा-२ काे मतगणना सुरु

[sharethis-inline-buttons]

बारा–२ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । जिल्लाको निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।

मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ । बारा–२ मा आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८६ मत खसेको थियो । निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन् ।

बारा–२ मा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा–२ मा उपनिर्वाचन भएको हो ।