आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराज कारगारमा कैद भुक्तान गरीरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको आज मृत्यु भएको छ ।
मानव बेचबिखन ओसारपसार मुद्दामा जेल सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।
त्याहँ उनको उपचार सम्भब नभएपछी रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पु¥याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए ।
छारेरोग र कलेजो रोगबाट ग्रसित उनको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो।
मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनलाई २०७७ चैत ११ गते इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो
सोही दिनदेखि उनी कारागारमा रहदै आएका छन् । उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो ।
यादबको शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।





































