विषालु सर्पको डसाइबाट बालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

सिराहा:विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ।

गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

सो अघि बालकलाई चोहर्वास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलबारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।