नीजि विद्यालयका गाडी निषेध

[sharethis-inline-buttons]

बर्दिवास:सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले नीजि विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन् ।

बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बिराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजि विद्यालयका गाडीलाइ निषेध गर्ने निर्णय गरेका हुन् ।

२१ फाल्गुन २०७९ मा सिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाइ ऐक्यबद्धता जनाउँदै वडाले गाडी निषेध गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए ।

तर विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजि विद्यालयको गाडीलाई निषेध गर्नुले  वालवालिकाको पढन पाउने अधिकार हनन गर्न खोजेको उनीमाथि आरोप लागेको छ ।

नजिकमा रहेको  जनजागृत माध्यामिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरुले निजि विद्यालयमा नै पढाउँदै आएका छन् ।

बर्दिबासमा नै रहेको नीजि विद्यालय सनसाइन इङलिस बोर्डिङ्ग स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोवेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ्ग स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन् ।

यसैको कारणले पनि जन जागृत माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानिय र जनप्रतिनिधिको ठहर छ ।

‘घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरुवाट विद्यार्थीहरु निजि विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारीसाधन आउन निषेध गर्ने निर्णय गरेका हौं,’ अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने ।

वडाले निषेध गर्ने निर्णय गरेको पत्र सामाजिक संजालमा सार्वजनिक गरेपछी वडा अध्यक्षमाथि बाक्लै आलोचना भएका छन् ।

देउराली उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रदीप कार्कीले यो निर्णय त्रुटिपूर्ण भएको बताए ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष विष्टको निर्णयलाई लिएर उनकै पार्टीका स्थानीय नेताले समेत आपत्ति जनाएका छन् । जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यता विपरित पूर्वाग्राही निर्णय गरिएको नेकपा एमालेका स्थानीय युवा अमिश रिसालको तर्क छ ।

यता नीजि विद्यालयका सञ्चालकले वैसाख-५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाधरुपमा गाडी चल्ने बताए। एभरेस्ट पव्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तनासाही निर्णय गरेको आरोप लगाए । वैसाख-५ गतेपछी पाटु गाउँ आवतजावत गर्ने गाडीलाइ रोकेर देखाउन पनि उनले वडा अध्यक्ष विष्टलाई चुनौती दिएका छन्

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...