माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, ३ जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
माटोको ढिस्कोमा पुरिएर रौतहटमा १ बालिकाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । जिल्लाको गढीमाई नगरपालिका ३ की ९ वर्षीय बालिका अफरिदा नेसाको मृत्यु भएको छ । शुक्रवार साँझ माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सँगै माटो लिन गएका सोही ठाउँका ४२ वर्षीय नासीबुन खातुन, ११ वर्षीय रहना खातुन र ११ वर्षीय इसरफ खातुन ढिस्कोले पुरिएर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामातिले बताए ।

घाइते तीनैजनाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट वीरगञ्ज पठाइएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...