महोत्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम: महोत्तरीमा विङगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशला नगरपालिका ९ का ३० वर्षीय मनिष कुमार कार्की छन् ।

शुक्रबार बिहान साढे १० बजे बर्दिबास नगरपालिका-१ बर्दिबास चौक स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौ तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कार्कीको बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पतालमा उपचारको साढे ११ बजे मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...