आज्ञा खबर
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिकामा घरजग्गा पास पक्ररणमा अनियमितता भएको उजुरी परेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले छानबिन थालेकोे छ।
महोत्तरीको गौशला नगरपालिका वडा नम्बर ५ बस्ने दिपेन्द्र ठाकुर हजाम र उनकी श्रीमती हिरा कुमारी ठाकुरको नाममा बर्दिवास नगरपालिका हाल वडा नम्बर १४ साबिकको बर्दिवास गाउँ बिकास समिती २५ नम्बर बहादुरगंज वडा नम्बर ३ ख को कित्ता नम्बर ७०७८ को ०—०—१—८ क्षेत्रफल भएको रजिटेसन नम्बर ७७५ को ससिम कित्ता जग्गा तथा घर पास प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो।
उजुरीको बिषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले छानबिन थालेको छ।
सो जग्गा मिति २०७९÷१०÷ १५ गत्ते बर्दिवास नगरपालिका वडा नम्बर १४ को कार्यालयबाट १२ फिट बाटो कायम भई घर नभएको सिफारीस गरीएको थियो ।
सो सिफारीसको मिति २०७९ माघ १५ गत्ते ठाकुर दम्पतीले बर्दिवास नगरपालिका वडा नम्बर २ बाट १ सय रुपैयाँको सिफारीस बापतको राजस्व दस्तुर तिरेका थिए।
सो कागजपत्रको आधारमा मिति २०७९ ÷१० ÷१५ गत्ते मालपोत कार्यालय बर्दिवासमा ठाकुर दम्पतीको नामबाट काठमाडौ महानगरपालिका वडा नम्बर १४ बस्ने नादरा अलीको नाममा ९ लाख ९० हजार को राजस्व थैली बुभाई ४० लाखमा रजिस्टेसन पास गरी बिक्रि गरीएको थियो ।
सो जग्गामा हाल तिन तल्ले पक्कि घर रहेको छ।
पक्कि घर छलीगरेर जग्गामात्र बिक्रि गरी राजस्व अपचलन गरेर ठगी गरेको भन्दै अख्तियार कार्यालय बर्दिवासमा उजुरी परेको थियो सोही उजुरीको आधारमा अख्तियार कार्यालय बर्दिवासको टोली २०७९ चौत २२ गत्ते १४ नम्बरको वडा कार्यालय र मालपोत कार्यालय बर्दिवासमा छानबिनकोलगी पुगेको थियो ।
सो बिषय अहिले अख्तियारको छनबिनको प्रक्रियामा रहेको छ।
यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर १४ का वडा अध्क्षय बिजय कुमार महतोले जग्गाधनी डेढ् धुर जग्गाको सिफारीसलिन आएकाले डेढ् धुर जग्गामा घर भएको बिषय कल्पना भन्दापनी बाहिर रहेकोले सिफारीस गरी पठाईको बताए।





































