आतंक मच्चाउने बाघ नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर

बारा: पर्सा जिल्लाको ठोरी गाउँपालिकामा लामो समयदेखि आतङ्क मच्चाउँदै आइरहेको बाघलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

६ दिनको निगरानीपछि डार्ट विधिबाट पुल्चोक मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट बाघलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । बाघको उमेर करिब १० वर्षको रहेको र यसले जंगलमा शिकार गर्न नसक्ने अवस्थामा रहेको निकुञ्जका अधिकारीले  बताएका छन । यसअघि यो बाघ अर्को भाले बाघसँग जुध्दा घाइते समेत भएको जानकारी दिइएको छ ।केही समयदेखि बाघले स्थानीयका बाख्रालगायत घरपालुवा जनावर खान थालेपछि मानिस पनि बाघको आक्रमणमा पर्नसक्ने भन्दै उनीहरुले बाघलाई नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।