मधेस प्रदेश सरकारले फेरि विश्वासको मत लिनुपर्ने

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएपछि प्रदेश सरकारले पुनः विश्वासको मत लिनुपर्ने भएको छ।

एमालेबाट मन्त्रीहरुले आज नै राजीनामा दिँदै सरकारलाई दिएको समर्थनपनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानूनअनुसार ३० दिनभत्र पुन सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ।

सरकारबाट एमाले हटेपछि नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ। जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवलाई पुष २७ मा समर्थन गर्दै एमाले सरकारमा गएको थियो।