सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

[sharethis-inline-buttons]

आज्ञाखबर
सर्लाही
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी नाम थर बतन खुल्न नसकेको दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरी राखिरहेको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

उनले जिल्लाबाट मुद्दाको टोली नपुगेसम्म स्थानीय प्रहरी चौकीका प्रहरीले मृतकको शरीर खानतलासी नगर्ने भएकाले जिल्लाको टोली पुगेपछि मृतकको साथमा भएका कागजात फेला परे नाम, ठेगाना खुल्न सक्ने बताए।