आज्ञा खबर
काठमांडौ
सरकारको प्रतिनिधि र मिटरब्याज पीडित समूहका बिचमा आज वार्ता हुने भएको छ ।
महोत्तरीको बर्दिवासबाट ११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्। पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन्।
पीडितको माग सम्बोधनका लागि गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र मिटर ब्याज पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।
बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन् ।