आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीमा बुधबार दिउँसो वनमा लागेको डढेलोको कारण एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ ।
बनमा लागेको डढेलो फैलदा स्थानिय उत्तम परियारले संचालन गरेको बाख्रा फार्म डढेर सखाप भएको हो । आगलागीबाट करिव ३ लाख बराबरको क्षति भएको पीडित परियारले बताए ।
घरका सबै मानिस दिउँसो बजारतिर झरेका बेला बाख्रा बुधबार दिउँसो १२ः३० बजेतिर फर्म जलेर खरानी भएको स्थानीयले बताएका छन् । बाख्रा खोलेर चराउन पठाइसकिएकाले बाख्रा भने जल्न पाएन ।
आगलागी गाउँले र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो । केही दिनदेखि हरिवन नगरपालिकाको वडा नंं. १, ८ र ९ मा पर्ने शिवेश्वर सामुदायिक वन तथा हरिवन नगरपालिका–१ र ८ मा पर्ने मनकामना सामुदायिक वनमा व्यापक मात्रामा डढेलो लागिरहेको छ ।