आज्ञा खबर
धनुषा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटर व्याजको समस्या समाधानका लार्गि ै आफूहरू पीडितको पक्षमा रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै गर्नुहुँदै मिटर व्याजको समस्या मधेश प्रदेशको मात्र नभई सिङ्गो रुपमा देशकै समस्या भएको उल्लेख गर्नुहुँदै संघीय सरकारले चालेको कदमको सह्राना गर्नु भएको छ।
यादबले मिटर व्याजका समस्या समाधानका लागि चालिने हरेक कदममा प्रदेश सरकार पीडितको साथमा रहेको बताउनुभयो ।
उहाँले गरिब विपन्न जनतालाई सहज तरिकाले बैङ्क तथा वित्तीय संस्थाबाट न्यून व्याजमा ऋण प्रवाहको व्यवस्था मिलाउनका लागि संघिय सरकारलाई सुझाव दिनुभयो ।
मिटर व्याजको कार्यमा संलग्न रहने माथि कारबाही गर्नका लागि बन्ने सबै प्रकारको कानुनमा मधेश प्रदेश सरकारको साथ र सहयोग रहने उल्लेख गर्दै
मिटर व्याजको समस्या मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा बढी भएपनि समस्या सबैतिर भएकाले यसको स्थायी समाधान खोज्नका लागि संघीय सरकारसँग आग्रह समेत गर्नुभयो ।





































