आज्ञा खबर
धनुषा
धनुषाको मिथिला बिहारी नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ती भने घाइते भएका छन् ।
धनुषाकै मिथिला बिहारी नगरपालिका६ सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो । काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा विजयकुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।
घाइते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२–०२–००२ प ४३ ८० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टिएको थियो । न्युज कारखाना
